
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
सांसद मैया नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण एमालेका सांसद हुन् । नम्बरलाल झापाबाट एमालेका समानुपातिक सांसद हुन् । सांसद विद्या भने नेकपा एसको समानुपातिक सांसद हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij