Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभिन्न सेवामा ६६ उपसचिवमा सिफारिस

विभिन्न सेवामा ६६ उपसचिवमा सिफारिस

  • काठमाडौं । लोक सेवा आयोगबाट विभिन्न सेवातर्फ ६६ उपसचिवमा सिफारिस भएका छन् । आयोगले विभिन्न मितिमा लिएको परीक्षामा ६३ जना आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका हुन् भने ३ जना खुला प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आन्तरिक प्रतिस्पर्धाबाट सबैभन्दा बढी नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा २३ जना सिफारिस भएका छन् । २३ जनामा भोजराज भट्ट, अमरबहादुर वली, जेमा सुब्बा, महेश सुवेदी, खेमराज काफ्ले, टेकबहादुर वली, अमनकुमार यादव, चन्द्रसिंह श्रेष्ठ, मधुकुमारी महतो, पर्वत गिरी, राजन थापा, आशिष अर्याल, चुरामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारी, रस्मिता सिंखडा, दुर्गाकुमारी दाहाल, डम्बरबहादुर जिसी, राजकुमारी खत्री र धर्मराज लम्साल रहेका छन् ।

    AGNI GROUP

    दोस्रोमा नेपाल न्याय सेवा, न्याय समूहमा १२ जना सिफारिस भएका छन् । १२ जनामा युडेन लामा, गायत्री बाह्रकोटी, महेन्द्रप्रसाद अधिकारी, शुभाष भट्टराई, नविन गड्तौला, पुनम काफ्ले, किशोरकुमार भट्ट, सुभाष पोखरेल, दीपिका गजुरेल, धनबहादुर गिरी, उदयप्रकाश लिम्बु र रेश्मा बुद्धाचार्य रहेका छन् ।

    तेस्रोमा नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहमा ७ जना सिफारिस भएका छन् । ७ जनामा रमा खतिवडा, नवीनकुमार खड्का, देवीराम आचार्य, प्रकाशकुमार खरेल, रजनी धिमाल, मधुप्रसाद घिमिरे र धर्मप्रसाद तिवारी रहेका छन् ।

    यस्तै नेपाल प्रशासन सेवा, लेखा समूहमा ५ जना सिफारिस भएका छन् । ५ जनामा प्रदीप खनाल, प्रमोद सिंखडा, शिवहरि न्यौपाने, देवराज लुइँटेल र विष्णुहरि रेग्मी रहेका छन् ।

    आन्तरिक प्रतिस्पर्धामै नेपाल प्रशासन सेवा, राजश्व समूहमा पनि ५ जना नै सिफारिस भएका छन् । जसमा कपिल सिलवाल, प्रेमप्रसाद उपाध्याय, उपेन पाण्डेय, विकासकुमार रजक र प्रभात घिमिरे रहेका छन् ।

    नेपाल न्याय सेवा, सरकारी वकिल समूहमा ४ जना सिफारिस भएका छन् । जसमा परीक्षा ढकाल, प्रभात क्षेत्री, स्नेहा शर्मा र प्रकाश घिमिरे रहेका छन् ।

    नेपाल न्याय सेवा, कानून समूहमा ३ जना सिफारिस भएका छन् । जसमा लोकमणि पाण्डे, प्रेमचन्द्र अर्याल र भुवन न्यौपाने रहेका छन् । नेपाल लेखा परीक्षण सेवामा भने एक जना मात्रै सिफारिस भएका छन् । जसमा सुनिल बस्नेत रहेका छन् ।

    खुला प्रतिस्पर्धातर्फ भने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ३ जना सिफारिस भएका छन् । जसमा खुलातर्फ २ जना र जनजातितर्फ १ जना सिफारिस भएका छन् ।

    खुलातर्फ सिफारिस हुनेमा माधवप्रसाद पोख्रेल र श्यामप्रसाद आचार्य हुन् भने आदिवासी जनजातितर्फ विश्वास रोकामगर सिफारिस भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट