Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद ठाकुर

बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद ठाकुर

  • काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा वर्षे नि बेरुजु बढ्दै गइरहेको उनको भनाइ छ । 

    images
    images
    images

    सांसद गैरेले महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौँ ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसाबले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ ? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ ।’

    उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij