Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

समाजवादी महिला संघ नेपालको अध्यक्षमा यादव निर्वाचित

समाजवादी महिला संघ नेपालको अध्यक्षमा यादव निर्वाचित

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छन् ।

    images
    images
    images

    जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन् ।

    images

    उनका अनुसार समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनीता देवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन् ।

    त्यस्तै समितिको उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।

    समितिको केन्द्रीय सदस्यहरू अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डीत, सुधा दास, विनिता कुमारी सिंह, पावित्री साह, ललिता देवी साह, लालीमाया तामाङ, सिताकुमारी यादव, सुशीला घलान, ललिता यादव, बसन्ती देवी नुनीया, कुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फुलमाया नेम्बाङ, मनुमाया मोक्तान, अम्बिका कुमारी विश्वकर्मा, सुनीता देवी महरा, ज्योती खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर रहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij