
May 06 2025 | २०८२, वैशाख २३ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताकाे दाेस्राे दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक नाै दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नाै सय ४२ कित्ता सेयर ६५ हजार ८ सय ८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६ सय ९३ बराबरको कारोबार भएको हो ।
४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij