
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्राको कारण सवारी आवागमन प्रभावित भएको छ । ललितपुरको दमकलमोडमा राखिएको रथमा पुजाआजा गर्ने दर्शनार्थीहरूको भिडभाड रहेकाले सवारी आवागमन प्रभावित भएको हो ।
भाडाका ठुला सवारी साधनलाई सुजुकी मोड र अल्का अस्पताल अगाडिबाट डाइभर्सन गरिएको छ । जसका कारण जावलाखेल, कुपण्डोल, थापाथली, माइतीघर र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक काठमाडौँ उपत्यकाका अन्य मुख्य चोकहरूमा सवारी साधनले ट्राफिक व्यवस्थानका क्रममा केही समय रोकिनुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij