
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको गाडी चलाउन सिक्दै गरेकी एक जना कर्मचारीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान साढे ९ बजेतिर उपमहानगरको यान्त्रिक शाखा प्रमुख तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख ४२ वर्षीया रेवा राउतले गाडी चलाउन सिक्नेक्रममा एउटा स्कुटरलाई ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएको इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
तुलसीपुर–५ का ४२ वर्षीय शंकर रेग्मी र उनका नातिनी ४ वर्षीया प्रिन्स बुढाथोकी घाइते भएका छन् ।
उनीहरू दुबै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक तुलसीपुर–६ की रावत र गाडी प्रहरीको नियन्त्रणमा छन् ।
तुलसीपुरका मेयर टीकाराम खड्काले चैत अन्त्यमा झन्डै एक करोडमा नयाँ गाडी किनेपछि उक्त पुरानो गाडी प्रयोग गर्न छोडेका थिए ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij