
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मङ्गलबार सुनुवाइ सकिएको हो । मुद्दा इजलासको पहिलो नम्बरमा परेको थियो ।
अनन्तराज लुईंटेलले थापाविरुद्ध गत आइतबार अवहेलना मुद्दा दर्ता गराएका थिए ।
थापाले गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनको सो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै कारबाहीको मागसहित निवेदन पेस भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij