
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा रोजगारीको अवसर खुलेको छ । हस्पिटलले बायोमेडिकल इन्जिनियर र ल्याब टेक्निसियन पदमा कर्मचारी माग गरेको हो ।
बायोमेडिकल इन्जिनियरमा आवेदन दिने इच्छुकले बायोमेडिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यस्तै, ल्याब टेक्निसियनमा आवेदन दिने इच्छुकले मेडिकल ल्याब टेक्नोलोजीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनु पर्नेछ ।
सम्बन्धित कामको कार्यानुभव भएकालाई प्राथमिकता दिइने हस्पिटलको भनाइ छ । इच्छुकले वैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij