
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडाैं । गैरआवासीय नेपाली संघको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म हुने महाधिवेशन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिसकिएको विनोद कुँवरले जानकारी दिएका छन् ।
उच्चस्तरीय समन्वय समितिका सदस्य विनोद कुवँरले उक्त कुराको जानकारी दिँदै गैर आवासीय नेपाली संघ(एनआरएनए)को महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको बताए ।
अधिवेशनको उद्धाघाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाइसकिएको बताउँदै कुँवरले प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्रीलाई पनि आमन्त्रण गरिने बताए । प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि अधिवेशनमा बोलाइने उनको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij