Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ

हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ

  • काठमाडौं । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा पक्राउ गरिएको छ ।

    images
    images
    images

    मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको पुष्टी गरे ।

    दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij