
Apr 27 2025 | २०८२, वैशाख १४ गते
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य निर्धारण
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। संघले चितवनलाई आधार मानीआजदेखि लागू हुने गरी अण्डाको समर्थन बिक्री मूल्य तय गरेको छ। यो मूल्यलाई व्यापारीहरूले पालना गर्न अनुरोध गरिएको छ।
गत वर्ष प्रतिक्रेट ९३० गोटाको पाँच सय २५ रुपैँया सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० रुपैँयामा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर चार सय ५० रुपैँया पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको० ४३० रूपैँया मध्यमको ३८० रुपैँया र ‘एक्सएल’को ४५० रुपैँया कायम गरिएको छ । यसअघि ठुलो अण्डाको मूल्य ३५० रुपैँयामा झरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij