
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत दम्पतीको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ । बुधबार ललितपुर जिल्ला अदालतमा उनको सम्बन्धबिच्छेदको मुद्दा मिलापत्र भएको हो ।
राउतले श्रीमती सोनी सिन्धु रानीलाई अंश दिने तर सँगै भने नबस्ने गरी मिलापत्र गरेको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिए ।
उनले भने, अदालतले मिलापत्रमा पठाउने आदेश गरेको थियो । त्यसपछि उहाँहरूले मिलापत्र गर्नुभयो । मिलापत्रमा उहाँको श्रीमतीलाई मासिक ३३ हजार माना चामल भर्ने, श्रीमतीलाई अंश दिने र दिएको अंशमा घर बनाइदिने र बच्चा भने बुबासँगै रहने गरी मिलापत्र गर्नुभएको छ ।
राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा ९फिरादपत्र० दायर गरेका थिए । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij