
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बैठकपछि जानकारी दिए । यससँगै अब कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि नै सुरु हुनेछ ।
परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो ।
यसैबीच शिक्षा क्षेत्रमा सङ्कट आइरहेका बेला सोमबार मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij