
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको मागलाई तुरुन्त सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको समाधान र शिक्षा ऐन शीघ्र जारी गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,
जनमत पार्टीका अनुसार शिक्षा क्षेत्रमा देखिएको अन्यौलताले शिक्षक, विद्यार्थी र सम्पूर्ण अभिभावक प्रभावित भएका छन् ।
प्रवक्ता डा. यादवले सरकार र आन्दोलनरत शिक्षकहरूबीच तत्काल वार्ता थालनी गरी न्यायोचित मागहरू सम्बोधन गर्न माग गरेका छन् । साथै उनले शिक्षा क्षेत्रको सुधार र स्थायित्वका लागि शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिएका छन् ।
जनमत पार्टीले शिक्षकको सम्मान, विद्यार्थीको अधिकार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षा ऐन आवश्यक भएको बताएको छ ।
शिक्षक आन्दोलन १९ दिनभन्दा बढी समयदेखि जारी रहँदा सामुदायिक विद्यालयहरू ठप्प छन् भने करिब ५५ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij