
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन् ।
कार्लोस मंगलबार बैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।
उनले भने,‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ ।’
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij