Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

प्रसाईंलाई उपचारको प्रबन्ध !

प्रसाईंलाई उपचारको प्रबन्ध !

  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्यान्सरको बिरामी समेत रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन प्रहरीलाई आदेश दिएको छ ।

    images
    images
    images

    बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिँदै अदालतले उपचारको व्यवस्था गर्न पनि भनेको हो । राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

    प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

    अदालतले प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिएको छ । प्रसाईं र बडिगार्ड खड्कालाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij