Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

सर्वोच्च पुगिन निकिता !

सर्वोच्च पुगिन निकिता !

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    images
    images
    images

    शुक्रबार रवि पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेको रास्वपाले जनाएको छ ।

    गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनी कारागार चलान भएका छन्। उक्त आदेशविरुद्ध निकिता सर्वोच्च पुगेकी हुन् ।

    बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    रास्वपाले पक्राउ पुर्जी बिना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij