Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ: एमाले

अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ: एमाले

  • काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् । कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताए ।

    images
    images
    images

    उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौं । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस् ।’

    उनले यो प्रक्रियामा कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताए ।

    उनले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ । त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ ।

    उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij