Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

सोविताले खुलाइन कैदीबन्दीको वार्षिक खर्च

सोविताले खुलाइन कैदीबन्दीको वार्षिक खर्च

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएका छन् ।

    images
    images
    images

    बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले यस्ता बताएका हुन् ।   

    images

    सरकारी तथ्यांककै आधारमा हिसाब गर्दा कैदी बन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उनको भनाइ छ ।

    सरकारले गत वर्ष प्रति कैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो । देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । मान्छे थुनेर राखेर दुई अर्ब वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाइ छ । 

    उनले कैदीबन्दीलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताए । हालसम्म कैदीबन्दी लाई उत्पादनमा जोड्न नसकेको उल्लेख गर्दै उनले केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएको बताए । कैदीबन्दीलाई उत्पादनमा जोडेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्न राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij