
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् । ओलीले आज बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बतायो ।
गत चैत ११ गते त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिबाट बरालले राजीनामा दिएका थिए । बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij