Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अफगानिस्तानले दियो नेपाललाई १६७ रनको लक्ष्य

अफगानिस्तानले दियो नेपाललाई १६७ रनको लक्ष्य

  • काठमाडौं । अफगानिस्तानले नेपाल सामू १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा सो लक्ष्य प्रस्तुत गरेका हुन् ।  

    images
    images
    images

    मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको हो ।

    अफगानिस्तानका लागि कप्तान मोहबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिएका थिए भने रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाएका हुन् ।

    नेपालका लागि सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिनशर्माले समान २ तथा अभिषेक तिवारीले १ विकेट लिएका हुन् । अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।

    पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij