Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

काठमाडौंका तीन स्थानमा कर्फ्यु

काठमाडौंका तीन स्थानमा कर्फ्यु

  • काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ । राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । प्रहरीले माइकिङ गर्दै केहीबेरमा कर्फ्यु सुरु हुने भएकाले सबैलाई आ–आफ्नो घर जान अनुरोध गरेको छ ।

    राजावादीहरूको नाममा भएको प्रदर्शन हिंस्रक भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले तीनकुनेको एक निजी घरमा आगजनी गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो ।

    यस्तै प्रदर्शनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij