
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । तीनकुनेमा राजावादीको प्रदर्शन बिथोलिएपछि आक्रमणमा उत्रिएका प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्टको कार्यालय अन्नपूर्ण टावरमा आक्रमण गरेका छन् ।
अन्नपूर्ण पोस्टमै प्रकाशित समाचार अनुसार तीनकुनेमा प्रहरीले तितरबितर पारेपछि प्रदर्शनकारीले अन्नपूर्णको कार्यालयमा आक्रमण गरेका हुन् ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहरा प्रहार गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij