Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

  • काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

    आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

    राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।

    चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij