Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

हंगेरीका अध्यक्ष भण्डारीको अपिल

हंगेरीका अध्यक्ष भण्डारीको अपिल

  • काठमाडौं ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।

    अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा  सबै पक्ष सहभागी हुनुपर्ने बताएका हुन् । उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे। 

    ‘गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन् ।  एनसीसीहरू स्वायत्त निकाय हुन् । यिनलाई चेपुवामा पार्नु ठिक होइन ।   आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,’उनले भने ।

    अध्यक्ष भण्डारीले  बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम  सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे ।  ‘सङ्घको भवन र सचिवालय हामी सबैको साझा हो ।  कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij