
Apr 01 2025 | २०८१, चैत १९ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो ।
उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए । उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए । पुलको साइत जुर्दै गर्दा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, ललितपुरका वडा ४ का वडाध्यक्ष सन्तोष खड्का, वडा १४ का वडाध्यक्ष अमृतजंग महत्त र महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुलगायतको उपस्थिती थियो ।
उनले भने, ‘तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं । अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij