
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको भाउ प्रतितोला १ हजार ३ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला २ हजार २० रूपैयाँ किनबेच भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij