Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : ओली

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए । 

    उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौं । आफैंले गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन् । श्रेय चाहिएन सफल पारौं । पीडितका घाउमा मल्हम लगाउँ ,उहाँहरुको आँशु पुसौं ।’
    त्यस्तै उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे ।

    वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् ।पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ ,सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु ।’त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरु सलबलाउन नसक्नु  दुर्भाग्यको कुरा रहेको पनि बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij