
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर जिल्लाको एक महत्वपूर्ण पर्यटनस्थलको रूपमा परिचित
ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर एक ऐतिहासिक र सांस्कृतिक सम्पदा हो। यो मन्दिर चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ । जसले यसलाई प्राकृतिक सुन्दरतासँग जोडेको छ। प्यागोडा शैलीमा बनेको यो मन्दिरको छाना तामाले ढाकिएको र यहाँ गजुरको अभाव रहेको छ । जसले यसको विशेषता थपेको छ। मन्दिर परिसरमा विभिन्न देवीदेवताहरुको मूर्तिहरू पनि स्थापित गरिएको छ । जुन कलात्मक शैलीमा निर्मित छन् । यस मन्दिरको कलात्मक मौलिकता र शिल्पकला निकै ध्यान आकर्षक छ। बज्रबाराही मन्दिर, आफ्नो ऐतिहासिक महत्त्व र सांस्कृतिक धरोहरका कारण ललितपुर जिल्लाको एक महत्वपूर्ण पर्यटनस्थलको रूपमा परिचित छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij