
Mar 29 2025 | २०८१, चैत १६ गते
काठमाडौं । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौंको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनको साथबाट नौगेडी ११ थान, सिंगल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मंगलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको हो ।
अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij