Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रधानमन्त्री कपमा चम्किए ललित

प्रधानमन्त्री कपमा चम्किए ललित

  • काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्ने ललित राजवंशी पहिलो खेलाडी बनेका छन् ।

    कर्णालीविरुद्धको खेलमा दिवान पुनलाई आउट गर्दै उनले १०० विकेट पूरा गरेका हुन् । उनले आफ्नो ४०औं खेलमा कीर्तिमान बनाएका हुन् ।

    जारी संस्करणमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट लिइसकेका छन् ।

    प्रधानमन्त्री कपमा सबैभन्दा धेरै विकेट लिने सूचीमा त्रिुभवन आर्मी क्लबका शाहब आलम दोस्रो स्थानमा छन् । उनले ९९ विकेट लिएका छन् । ६९ विकेट लिएका सुदूरपश्चिमका शेर मल्ल भने तेस्रो स्थानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij