
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । धितोपत्र सार्वजनिक निष्कासनका क्रममा मर्चेन्ट बैंकले गर्दै आएको अन्डरराइटिङ क्षमता बढाइएको छ ।
नियामक नेपाल धितोपत्र बोर्डले बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाइदिएको हो । हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो ।
अब भने माउ कम्पनीले दायित्व ब्यहोर्ने सुनिश्चितता गरेको खण्डमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गारिएको छ । बैंकिङ र बीमा क्षेत्रका माउ कम्पनी रहेका हकमा मात्रै यो व्यवस्था रहने प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij