Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा

  • काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले साधारण सभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो । 

    सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ । सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ । कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

    सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ । 

    सभाले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij