
Apr 02 2025 | २०८१, चैत २० गते
काडमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij