Logo

Mar 29 2025 | २०८१, चैत १६ गते

Mar 29 2025 | २०८१, चैत १६ गते

कमलको 'दरबार' मा पुत्रलाभ !

कमलको 'दरबार' मा पुत्रलाभ !

  • काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली बुवा-आमा बनेका छन् । आइतबार गायिका मैनालीले छोरालाई जन्म दिएकी हुन । पुत्रलाभ भएपछि गायक खत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्,’आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको छ।
     
    पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। ’ ‘मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ,’उनले जोडेका छन्,’यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो ।’
     
    उनले आफ्नो सामाजिक सञ्जालबाटै परिवार, आफन्तजन र साथीभाइलाई पनि धन्यवाद दिएका छन् । उनले लेखेका छन्,’तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ । भगवान्‌को कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु । ‘ कमल र मेलिनाले २०७९ मा विवाह गरेका थिए । भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij