Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एसईई परीक्षामा मर्यादाविपरीत काम गर्ने केन्द्राध्यक्षसहित पाँचजना पक्राउ

एसईई परीक्षामा मर्यादाविपरीत काम गर्ने केन्द्राध्यक्षसहित पाँचजना पक्राउ

  • काठमाडौं । पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसईई )को तेस्रो दिन आइतबार परीक्षा केन्द्रमा मर्यादाविपरीत काम गरेको भन्दै केन्द्राध्यक्षसहित पाँचजना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको जिल्ला परीक्षा समन्वय समितिको टोलीले अनुगमनका क्रममा वीरगन्जको सुर्जीदेवी माध्यमिक विद्यालयलको परीक्षा केन्द्रमा परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित पाँचजना पक्राउ गरेको हो ।

    AGNI GROUP

    अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले अनुगमन गर्ने क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको फेला पारेपछि केन्द्राध्यक्ष नन्दकिशोर रामसहित एक सहायक केन्द्राध्यक्ष,एक निरीक्षक र दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी  अर्यालले बताए ।

    उनका अनुसार,पाँचैजनालाई अहिले प्रहरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । उक्त परीक्षा केन्द्रमा परीक्षाको मर्यादाविपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टीम नै परिवर्तन गर्ने तयारीसमेत गरेको प्रजिअ अर्यालले बताए ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट