
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले रौतहटको दुर्गा भगावती गाउँपालिका निवासी एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको राजदेवी नगरपालिकाको भारतसँग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।
भारतबाट साइकल चढेर आउँदै गरेका सुढीलाई शनिबार अपरान्ह् चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोलाभित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको उपरीक्षक बस्नेतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij