Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेप्सेमा पहिरो, ५३ अंकको गिरावट

नेप्सेमा पहिरो, ५३ अंकको गिरावट

  • काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आइतबार ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा कायम भएको छ ।  

    बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्सेमा आइतबार कारोबार रकममा भने वृद्धि भएको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कुल १३ कम्पनीको मात्र मूल्य बढेको छ भने २३० कम्पनीले घाटा बेहोरेका छन् ।   

    आइतबार सबै क्षेत्रको सूचकमा गिरावट देखियो । फाइनान्स २.९९, व्यापार २.८५, विकास बैंक २.४२, माइक्रोफाइनान्स २.३६, हाइड्रोपावर २.३३, होटल तथा पर्यटन २.२३, निर्जीवन बिमा २.०७, लगानी २.०५, जीवन बीमा १.८५, अन्य १.७४, बैंकिङ १.४७ र उत्पादन तथा प्रशोधन १.४६  प्रतिशतले घटेका छन् ।  

    आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले वृद्धि हुँदा  मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।  

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij