काठमाडौं । अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका भक्तपुरको लोकन्थली बस्ने सुदीपकुमार साह गुप्ता छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए
कोटेश्वरबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो ।
त्यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट चोरी तथा डाँका कसुरमा उनीविरुद्ध मुद्दा चलेको पाइएको प्रवक्ता आचार्यले बताए ।