
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुनेछ । बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भ्रातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij