Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ

  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij