काठमाडौं । नेपाल खुला विश्वविद्यालयले ग्राजुएट सम्मेलनको आयोजना गर्ने भएको छ । अन्य विश्वविद्यालय र शैक्षिक संस्थाहरुको सहकार्यमा ११ औं ‘ग्राजुएट सम्मेलन हिमालयन नलेज कन्क्लेभ २०२५’ को आयोजना गर्न लागेको सम्मेलनका सचिव सत्यराम सुवाल बताए ।
उनका अनुसार आगामी अप्रिल ५ देखि ६ (चैत्र २३ र २४) गतेसम्म दुई दिन काठमाडौंमा आयोजना गर्न लागिएको हो । सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाका ग्राजुएट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरुले भाग लिने छन् ।
‘शिक्षा, प्रविधि र सामाजिक–आर्थिक वृद्धिका विषयमा छलफल हुन्छ । दिगो सामाजिक आर्थिक विषयवस्तुमा पनि विवर्श हुन्छ,’ उनले भने ।