Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना

धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना

  • काठमाडौं । धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै धर्ना जारी राखेका छन् ।

    उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन् । माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै मेयर प्रदिप यादवलाई ज्ञापनपत्र बुझाएका छन् । तर, मेयर यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

    धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए तालाबन्दी खोल्ने बताएका छन् । तर, सहमति नजुट्दा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित भएको छ । नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले मेयरले कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेका कारण बाध्य भएर धर्ना दिनु परेको बताएका छन् । यसैबीच, मेयर यादव र माओवादी कार्यकर्ताबीच केही चरणको वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

    माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । यदि विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभए, आन्दोलन अझ सशक्त बनाउने चेतावनी उनीहरुले दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij