Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

चीनमा क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड

चीनमा क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड

  • काठमाडौं । चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ ।

    क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

    जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको पनि बताउनुभएको छ । यस्तै क्यानडामा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका नागरिकविरुद्ध अपराधको मजबुद प्रमाण रहेकाले गैरजिम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गर्नुभएको छ ।

    बीबीसीका अनुसार उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको हो । चीनमा लागूऔषध र भ्रष्टाचार मुद्दामा मृत्युदण्ड दिने दर उच्च छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij