
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते १ दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij