Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा चैत ६ गते बुधवार सम्पन्न भएको छ । 

    images
    images
    images

    सभाको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए । यस सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

    सभाले चालू आर्थिक वर्षको लेखापरीक्षण गर्न प्रदीप कुमार श्रेष्ठ, मधुविर पाण्डे, र सृष्टि कोइरालालाई तीन जना चाटर्ड एकाउन्टेन्टहरूलाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसका साथै, महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श अनुसार यो निर्णय लिइएको हो ।

    तर, बैंकको नियमावली अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रक्रिया उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ। यस कारणले उक्त निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij