Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

२५ अर्ब रुपैयाँ तरलता खिच्दै केन्द्रीय बैंक

२५ अर्ब रुपैयाँ तरलता खिच्दै केन्द्रीय बैंक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने क्रम नरोकिएपछि आज बुधबार पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको छ ।

    images
    images
    images

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट बुधबार २५ अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

    घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    यो २१ दिने निक्षेप संकलन उपकरणको २७ चैतमा साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij