
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । म्यानमार न्यारेटिभ थिङ्क ट्यांकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल गएराति १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनको अनुपस्थितिमा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।
पाण्डेका स्वकीय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij