Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

२५ करोड बराबारको अवैध रमक बरामद घटनाको छानबिन गर्न माग

२५ करोड बराबारको अवैध रमक बरामद घटनाको छानबिन गर्न माग

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन् । उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आसंका छ । यो घटनाले संगठिन अपराधको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ ।

    यो घटनाप्रति हाम्रो पार्टीको तर्फबाट ध्यानाकर्षण भएको छ । यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । त्यसैले गम्भिर रुपमा छाबीनको लागि माग गर्दछौं । अहिलेसम्म यस्त घटनामा संलग्न भरिया र ड्राइभर मात्रै पक्राउ परेका छन् ।

    ठूलो काण्ड डिसमिस पार्ने गरिएको छ राजस्व अनुसन्ध प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गर्छौ । ’मंगलबार २५ करोडसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij